नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ: अध्यक्ष शेर्पा

काठमाण्डु टुडे २०८१ असोज १० गते १७:०८ मा प्रकाशित

काठमाण्डु, १० असोज– कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल (क्रान्तिकारी) सँग हातेमाले गर्न आफुहरु तयार रहेको बताएका छन ।

आज (बिहीबार) त्रिभुवन विद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन ।

उनले जुनसुकै तहमा हुने भागबन्डा अन्त्य गर्न सहकार्य हुने पनि बताएका छन । विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गर्न ठुलो चुनौती रहेकोले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताएका छन ।

उनले भने, ‘अहिले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गराउन निकै चुनौती रहेको छ ।

जुनसुकै तहमा हुने दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ । विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियता, लोकतन्त्र, देशको सुरक्षाका लागि हामी एक ठाउँमा छौँ’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us