काठमाण्डु,९ असोज– गृहमन्त्री रमेश लेखकले अध्यागमनको ‘इमेजसुधार गर्न आवश्यक भएको बताएका छन ।
आज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
उनले अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको गलत गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने पनि बताएका छन ।
उनले अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकारात्मक टीकाटिप्पणी हुने गरेको पनि बताएका छन ।
उनले विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन समेत समेत जानकारी दिएका छन ।
गृहमन्त्री लेखकले अध्यागमन सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको पनि बताएका छन ।