काठमाण्डु,९ असोज– रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वली रहेको प्रहरीले जानकारी दिएको छ ।
वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।