पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै

काठमाण्डु टुडे २०८१ असोज ९ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,९ असोज– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको मुद्दामा आज फैसला हुने भएको छ । संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनस् सुनवाइमा जाने सम्भावना रहेको छ ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गते देखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ। यदि आज फैसला सरेमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ। यो मुद्दामा बहस सकिएर निसु तोकिएको हो ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us