आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाण्डु टुडे २०८१ असोज ९ गते ९:२१ मा प्रकाशित

काठमाण्डु, ९ असोज– निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गर्दै दल दर्ताका लागि आह्वान गरको हो । त्यसका लागि १० असोजदेखि १६ असोजसम्मको समयसीमा निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

सरकारले स्थानीय तहमा रिक्त विभिन्न ४३ पदमा आगामी १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन मिति घोषणा गरेको छ ।

आयोगले निर्वाचनका लाग आगामी २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यसूची रहेको जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us