काठमाण्डू, ९ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच मंगलबार भेटवार्ता भएको छ ।
उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
मंगलबार नै प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको थियो