दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने

काठमाण्डु टुडे २०८१ असोज ८ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, ८ असोज– दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खल्ला हुने भएको छ ।

यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन ।

उनले भने, ‘दसैँको अग्रिम टिकट बुकिङ आगामी १२ गतेदेखि खुला गर्ने आजको छलफलमा निर्णय भएको छ ।’

यसअघि दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति हुन सकेको थिएन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us