लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

काठमाण्डु टुडे २०८१ असोज ८ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ८ असोज– लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन ।

आज मंगलबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकदारहरूको एक समूह होल्ला गर्दै हातपात गरेका हुन ।

उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेको स्रोतले जानकारी दिएको छ ।

आक्रमणबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियारले दिएका छन ।

केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिएका छन ।

उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us