श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

काठमाण्डु टुडे २०८१ असोज ८ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ८ असोज– श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन । श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएको संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिएकी छन ।

उनले दिएको जानकारी अनुसार उनले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो ।

तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिएका हुन् । उनले भनिन्, ‘उहाँले अन्तिम समयमा आएर ११ गतेसम्मलाई समय माग गर्नुभएको थियो ।

तर हामीले ४५ दिन कटाएर समय दिन सकेनौँ‚ त्यसैले उहाँले प्रमाणपत्र उपलब्ध गराउन सकिन । नाम फिर्ता लिन्छु भनेर निवेदन दिनुभयो।’ न्यौपानेका अनुसार ३ बजे समितिको बैठक बसेर उनको निवेदन स्वीकृत हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us