काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै आज मंगलबार पनि बिरोध जनाएका छन ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशन जारी राखेका हुन र सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप समेत लगाएका थिए ।
प्रसाईँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाण्डुले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।