दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

काठमाण्डु टुडे २०८१ असोज ८ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, ८ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको छ ।

दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us