मेलम्ची खानेपानीमा भ्रष्टाचार ठहर भएका पूर्वसचिवसहित ४ जनालाई सुनाइयो कैद सजाय

काठमाण्डु टुडे २०८१ असोज ७ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ७ असोज– मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई विशेष अदालतले कैद निर्धारण गरेको छ ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  ।

निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।

कसुर ठहर भएकाको हकमा अदालतले आज सजाय निर्धारण गर्दै ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना गर्ने फैसला सुनाएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us