काठमाण्डु, ७ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आगामी चुनावमा कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा जुटेको बताएका छन ।
उनले आफूहरुलाई भने जति प्रतिशतको थ्रेसहोल्डको व्यवस्था भए पनि फरक नपर्ने बताएका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रास्वपा सांसद झाले यस्तो बताएका छन ।
उनले भने, ‘उहाँहरु ९कांग्रेस९एमाले०ले दश प्रतिशतको थ्रेसहोल्ड लिएर आउनुहुन्छ भने पनि हामीलाई खासै फरक पर्दैन । किनभने पहिलो चुनावमै १३ प्रतिशत लिएर आएको हो हामी ।’
उनले थप भनेका छन्, ‘जुन दलहरुलाई मन्त्री बाँडेर गठबन्धनको संख्या बढाउनुभएको छ त्यही दलहरु प्रति लक्षित छ उहाँहरु । त्यसमा हामी चिन्तित छैनौँ । हामी उहाँहरुलाई बरु थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौं ।’
थ्रेस होल्डले राजनीतिक स्थिरता दिन्छ भने आफूहरु पनि छाटिन तयार भएको बताएका छन । उनले भने, ‘थ्रेसहोल्डको अभिव्यक्ति दिएर हामीलाई तर्साउन खोज्नुभएको हो भने हामीतर्फ लक्षित नगरे हुन्छ । त्यसले स्थिरता दिन्छ भने ठिक छ । ल्याउनुस् ।
हामी पनि खराब छौँ, कमजोर छौँ भने त हामी पनि छाटिन्छौँ नि त ।’ उनले खुला अर्थतन्त्र र उदार लोकतन्त्रको कुरा गर्ने दलहरु नयाँ दल आएपछि डराउने गरेको टिप्पणी गरे ।
ठूला भनिएका पुराना दलहरुको सिद्धान्त र व्यवहार फरक भएको पनि उनले बताएका छन । संविधानमा अपनत्व कमजोर भएकाले कार्यान्वयनमा समस्या भएको उनले बताएका छन । संविधानमा तीन तहको सरकारको व्यवस्था भए पनि अभ्यास भने चार तहको भइरहेको झाको भनाइ छ ।