आफ्नो कार्यालयबाट फर्कन प्रहरीलाई रास्वपाको आग्रह

काठमाण्डु टुडे २०८१ असोज ६ गते २१:२५ मा प्रकाशित

Screenshot

काठमाण्डु, ६ असोज-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले सभापति रवि लामिछानेविरुद्ध मिडिया ट्रायल गरेको भन्दै आपत्ति जनाएका छन् ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको पार्टी बैठकको बीचमा सञ्चारकर्मीसँग कुरा गर्र्दै उपाध्यक्ष डिपी ढकाल र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पक्राउ गर्न लागिएको सूचना पहिल्यै चुहाएर मिडिया ट्रायल गरिएको बताए । श्रेष्ठले आफ्नो पार्टी कार्यालय बाहिर भएको प्रहरी उपस्थितिप्रति आपत्ति जनाए ।
प्रहरी साथीहरु किन आउनुभएको हो ? उहाँहरुलाई फिर्ता जान आग्रह गर्छौं । त्रसित गर्न आउनुभएको हो भने हामी त्रसित हुँदैनौं, उनले भने ।
आइतबार अपराह्न प्रहरीले सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । जोशीपछि लामिछानेलाई पक्राउ गर्न लिएको चर्चाका बीच रास्वपा कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता जम्मा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us