रास्वपा कार्यालय आसपास सादा पोशाकका प्रहरीको गतिविधि बढ्यो

काठमाण्डु टुडे २०८१ असोज ६ गते १९:३७ मा प्रकाशित

काठमाण्डु, ६ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपत्यकामा रहेका नेताकार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन् ।

सभापति रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गर्ने तयारी भएको हल्लासँगै रास्वपाले उपत्यकामा रहेका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन भनेको थियो ।

रास्वपाका बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले कार्यकर्तालाई तत्काल कार्यालयमा आउन निर्देशनात्मक म्यासेज पठाएका थिए ।

आइतबारै गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो ।

जोशी पक्राउ परेको केही समयमै लामिछाने कार्यालय गएको थियो । श्रोतका अनुसार उनलाई दिउँसैदेखि सादा पोशाकका प्रहरीले पिछा गरिरहेका थिए । रास्वपाको कार्यालय वरपर सादा पोशाकका प्रहरी परिचालन गरिएको श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us