दुर्गा प्रसाईंलाई काठमाण्डु जिल्ला अदालतमा पेस

काठमाण्डु टुडे २०८१ असोज ६ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, ६ असोज– दुर्गा प्रसाईंलाई काठमाण्डु जिल्ला अदालतमा पेस गरीएको छ ।

आज आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us