क्यानडा पठाउँछु भनेर दुई जनाबाट १८ लाख ठगी, एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ६ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, ६ असोज– प्रहरीले क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर काठमाण्डुको गोकर्णेश्वर नगरपालिका बस्ने रामहरि भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

३४ वर्षीय भण्डारीले दुई जना पीडितबाट १८ लाख ३५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।

आरुघाट नगरपालिका वडा नम्बर–१० घर भएका भण्डारीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us