काठमाण्डु, ६ असोज–कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रवि लामिछानेलाई बचाइदेउ भन्दै कांग्रेस र एमालेका नेताहरुको घरघरमा दौडिरहेको दाबी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामिछानेलाई बचाउन रास्वपा नेताहरुले काँग्रेस–एमाले नेताहरुलाई अनुनयबिनय गरिरहेको दाबी गरेका हुन् ।
सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएसँगै सबै कुरा घाम जस्तै छर्लङ्ग भएको भन्दै लामिछाने पक्षधरले वकालत गर्न जरूरी नभएको बताए ।
प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै उनले अब रवि लामिछानेमाथि कारबाही प्रक्रिया थाल्न माग गरे ।