क्यानडाबाट न्यूयोर्क पुगिन् परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ असोज ६ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, ६ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन् ।
स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क पुगेकी हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसंघका नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल र नियोग कर्मचारीले विमानस्थलमा स्वागत गरेका थिए ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्यूयोर्क आएकी हुन् । मन्त्री राणा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने राष्ट्रसंघ का विभिन्न फोरममा सहभागिता हुनेछिन् ।
उन

ले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us