रास्वपाका उपाध्यक्ष वाग्लेसहित १४ नेता आज चीन जाँदै

काठमाण्डु टुडे २०८१ असोज ५ गते १८:२८ मा प्रकाशित

 

काठमाण्डु, ५ असोज– रवि लामिछा नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ । पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिएका छन ।

टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेको उनले जानकारी दिएका छन ।

उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको कार्यबाहेक प्रवक्ता कार्कीले बताए । उनीहरु १४ असोजमा पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us