कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०८१ भदौ २३ गते १३:११ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आज आइतबार रिट दायर गरेको हो ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश समेत माग गरेको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।

सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us