सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २० भदौ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

कारोबार समयमा पटकपटक माथि जाने प्रयास गरेको नेप्से अन्ततः १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बुधबार १२ अर्ब ९२ करोड रूपैयाँको कारोबार भएकामा बिहीबार ९ अर्ब ६५ करोड कारोबार भयो । बुधबारको तुलनामा यो तीन अर्ब २७ करोड रूपैयाँ कम हो । ३ सय १६ वटा कम्पनीको दुई करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच भयो । १०१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३८ वटाको घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले र युनिक नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले बढ्यो । नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.९१ प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । उक्त
कम्पनीको ४० करोड ५० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

लघुवित्त समूहको परिसूचक सर्वाधिक १ ६८ प्रतिशतले बढ्दा लगानी समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घट्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us