एनसेलनको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १९:३० मा प्रकाशित

काठमाण्डु, १७ भदौ– निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण भएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण भएको जनाएको छ ।

त्यसबापत एनसेलले २० अर्ब राजश्व बुझाउनुपर्छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ४ किस्तामा राजश्व बुझाउने गरी केही दिनअघि एनसेलनको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो ।

एनसेलले अब ०८४ सालभित्र तीनपटक ५ अर्बको दरले व्याजसहित रकम दाखिला गर्नुपर्नेछ । एक किस्ता भने एनसेलले तिरिसकेको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले ४ किस्तामा पैसा तिर्ने गरी एनसेलको लाइसेन्स नवीकरण भएको बताए ।

उनका अनुसार एनसेलले गत १४ जेठमा प्राधिकरणलाई ४ अर्ब बुझाएको थियो । आइतबार थप १ अर्ब बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकरणले जनाएको छ ।

२० वर्षका लागि जारी भएको एनसेलको लाइसेन्स गत १५ भदौमा सकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us