इन्धनको मूल्य घट्यो

काठमाण्डु टुडे २०८१ भदौ १५ गते २१:५१ मा प्रकाशित

काठमाण्डू, १५ भदौ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समिति बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाने निर्णय गरेको हो ।

अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६३ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ५४ रुपैयां पर्नेछ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us