एजेन्सी– अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोगको लागि अपिल दायर गरेको छ ।
यस पुनरावेदनमा ट्रम्पविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत् राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति (छूट) सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी गरीएको हो ।
नयाँ अपिलले ट्रम्प विरुद्धको चार आपराधिक मुद्दालाई यथावत् राखेको छ तर उनको कथित दुर्व्यवहारको बारेमा केही विवरणहरू प्रदान गरेको छ।
ट्रम्पले २०२० को चुनावमा कुनै पनि हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आफूमाथि लागेको आरोप खण्डन गरेका छन् । एक सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले ‘नयाँ अपिल अन्त्य भएको दमनको पुनरुत्थान गर्न’ र ’निर्वाचनबाट अमेरिकी जनताको ध्यान भङ्ग गर्न’ भएको लेखेका छन्।अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।