काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि मतदान जारी छ । मंगलबार साँझ साढे ५ बजेदेखि मतदान जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भईसकेका छन ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन बाँकी रहेको छ ।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि निर्वाचन भएको स्रोतले जनाएको छ ।