आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १८:०१ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– नेकपा एमालेका अध्यक्षन एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गरेका छन ।

आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको मध्यपश्चिम विश्वविद्यालयको १५ औँ सभामा उक्त विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरे । उनले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रूपान्तरण र विकासमा रहेको स्पष्ट समेत पारेका छन ।

सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेकी थिइन् ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा‍‍.डा. ध्रुवकुमार गौतमले एक सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us