प्रचण्डलाई एमाले सांसद पन्तको जवाफ: तपाईंलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दनलाई दिनुहोस्

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– एमालेका सांसद रघुजी पन्तले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूलाई प्रतिपक्ष दलको नेता नचाहिए जनार्दन शर्मा वा अन्य नेतालाई दिन आग्रह गरेका छन ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । उनले यसअघि बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले लेखा समितिको सभापति मात्र होइन प्रतिपक्ष दलको नेता पनि लिन भन्दै आक्रोश पोखेका थिए ।

जवाफमा पन्तले प्रचण्डलाई उक्त पद नदिएको भन्दै माओवादी संसदीय दलको नेतालाई उपलब्ध गराउने पद भएको बताए । उनले भने, ‘संविधान पढ्नुस् नेताजी प्रमुख प्रतिपक्ष हामीले खोजेर पाउने पद हो ? तपाईंलाई दिएको हैन तपार्इंको पार्टीलाई दिएको हो ।

मन लाग्दैन भने तपाईँको छेउमा जनार्दन बस्नुभएको छ । उहाँलाई दिनुस् ।’ नेता पन्तले सरकार र प्रधानमन्त्री पद गुमेपछि कति औडाह र छटपटी भएको भन्दै भने,‘हिजो सत्ता जता, त्यतै प्रचण्ड भनेर स्थापित गर्ने मान्छे तपाईं हैन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us