काठमाण्डु, १० भदौ– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन । आज सोमबार काठमाण्डुमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।
नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै सभापति देउवाले काठमाण्डुमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाण्डुवासीले ठिक पार्नुपर्ने बताएका हुन ।
उनले विरोध गर्नेहरू पछाडि कसको हात छ र कुन तत्त्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताएका छन । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको दाबी गरेका छन ।
उनले भने, ‘यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरूमा मनाइन्छ । यो अत्यन्तै महत्त्वपूर्ण चाडपर्व हो । सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्त्व खेलेको छ ।’