काठमाण्डु, ९ भदौ– प्रहरीले कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामी रहेकी छन । उनलाई आज पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
धामीले घरमा लागुऔषध ९चरेस० को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंहले जानकारी दिएका छन ।
धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको जानकानरी दिएका छन ।