एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा नव मनोनित केन्द्रीय सदस्यको सपथ ग्रहणबाट बैठक सुरु भएको हो ।

बैठमा केन्द्रीय संरचनाहरूको निर्माण र विविध लगायत तीनवटा एजेन्डा तय भएको एक नेताले जानकारी दिएका छन । नेकपा एकीकृती समाजवादीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us