रामेछाप पहिरोमा हराएका ६ जनाको शव भेटियो, चारजना अझै बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ ९ गते ९:४७ मा प्रकाशित

रामेछाप, ९ भदौ- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ ।     प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले चार जना अझै बेपत्ता रहेको बताइन् । मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आविष्कार श्रेष्ठता मात्र सनाखत भएको छ ।

शनिबार राति गएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको उनले जानकारी दिइन् ।

गत वर्ष मात्र ३ क्रोमा  सम्पन्न भएको ढोइगाउँ खोलाको पुलसमेत बाढीले बगाएको छ। उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको र प्रहरी प्रमुखसहित आफू घटनास्थल जाँगर गरेको निरौलाले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us