सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८१ साउन २३ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, २३ साउन– सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्री परिषद्को बैठक जारी रहेको स्रोतले जानकारी दिएको छ ।

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बुझिएको छ । दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ ।

बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us