काठमाण्डु, २३ साउन– आज बसधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाण्डुबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो १ बजेर ५४ मिनेटमा दुर्घटना भएको खुलेको छ खुलेको छ ।
नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जानकारी दिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको पनि प्रहरीले जनाएको छ ।