काठमाण्डु, २३ साउन– राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले जानकारी दिएका छन ।
उनले भने, ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ । ’ कहिलेदेखि भएको हो भन्ने स्पष्ट नभएको प्रमुख पौडेलले बताए ।
राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो ।