विदेश पठाउँछु भन्‍दै २ करोड ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २३ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २३ साउन– प्रहरीले वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, कतार, साउदी, मलेसिया र कुवेत पठाउने भन्दै ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।

ठाकुर र रविन्द्र सापकोटा साझेदारी भएर उक्त मेनपावरमार्फत ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us