जाजरकोट जिप दुर्घटना: चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २३ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, २३ साउन– जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वली रहेका छन ।

जाजरकोटको भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि– ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००–४०० मिटर खस्दा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १४ जना यात्रु घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरूको उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us