ललितपुरमा गुडिरहेको मोटरसाईकलमाथि खस्यो पहिरो

काठमाण्डु टुडे २०८१ साउन २३ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, २३ साउन– ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।

मोटरसाइकलमा पछाडि सवार ४६ वर्षीय मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको छ । मंगलबार बिहानदेखिको अविरल वर्षाका कारण जोखिम क्षेत्रमा सावधानी अपनाएको एसपी सुवेदीले जानकारी दिएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us