आर्थिक सङ्कट थेग्न नसकेपछि वडा अध्यक्ष नै विदेश पलायन

काठमाण्डु टुडे २०८१ साउन २३ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, २३ साउन– दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । गत (०७९) को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका गुरुङ आर्थिक सङ्कट थेग्न नसके पछि विदेश पलायन भएका हुन ।

उनी यही २० साउनमा वेलायत गएको पारिवारीक स्रोतले जानकारी दिएको छ । ४० लाख ऋण तिर्नको निम्ति उहाँ बेलायत गएको उनकी श्रीमती संगीता गुरुङले जानकारी दिएकी छन ।

वडा अध्यक्ष गुरुङ गएको स्थानिय तहको निर्वाचनको समय निकै चर्चामा रहेका थिए । वडा अध्यक्ष गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु अधि सोहि वडाको कार्यलय सहयोगीको रुपमा रहेका थिए ।

त्यसैले उनी वडा अध्यक्ष निर्वाचित भएपछि देश भरीनै चर्चामा आएका थिए । वडा अध्यक्ष गुरुङ पदबाट राजिनामा नदिइ सोही वडाका वडा सदस्यलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिए र विदेश गएको स्रोतले जानकारी दिएको छ ।

वडाका महिला वडा सदस्य चम्पा पुनलाई श्रावण १७ गते देखि लागू हुने गरि कार्यबाहक सुम्पिएको वडा सचीव अस्लिक चौधरी जानकारी दिएका छन । अध्यक्ष गुरुङको बिदेश बसाइँ कहिलेसम्म हो भन्ने कुराको यथार्थ जानकारी नभएको कुरा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us