इलाममा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ साउन २१ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, २१ साउन– इलाममा एक जना मृत अवस्थामा फेला परेका छन । इलाम नगरपालिका-६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

थापा नगरपालिका–८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो घरबाट हिँडेका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us