धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ यात्रु घाइते

काठमाण्डु टुडे २०८१ साउन २१ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, २१ साउन– धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

धादिङबेंसीबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको प्रहरीले जनाएको छ । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us