कोशीमा मन्त्री छान्न बूढानीलकण्ठमा कांग्रेसको छलफल

काठमाण्डु टुडे २०८१ साउन २१ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २१ साउन– कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाण्डु आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ ।

तर कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी रहेको छ ।

यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनुपर्ने बताउँदै आएको छ । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापाले जोडबल गरिरहेको स्रोतले जानकारी दिएको छ । कोशीबाहेक साउन २३ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका विषयमा समेत पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल हुने ति नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us