कालोपुलमा युवकको हत्या, श्रीमतीसहित दुई पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २१ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, २१ साउन– काठमाण्डुको कालोपुलमा एक युवकको हत्या भएको छ ।

२० वर्षीय प्रेम महत दर्जीको उनकै डेरामा हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ की २४ वर्षीया उषा नेपाली र सोही ठाउँका २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रेम र उषा एक महिनादेखि सोही डेरामा बस्दै आएका थिए । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us