८ किलो गाँजासहित एक युवती पक्राउ

काठमाण्डु टुडे २०८१ साउन २० गते १७:२५ मा प्रकाशित

काठमाण्डु, २० साउन– प्रहरीले साढे ८ किलो गाँजासहित बारामा एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन ।

पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us