परराष्ट्र सचिव लम्साल ओमान जाँदै

काठमाण्डु टुडे २०८१ साउन २० गते १६:३० मा प्रकाशित

काठमाण्डु, २० साउन– परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल ओमान जाने भएकी छन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार सचिव लम्साल ओमानको राजधानी मस्कट जान लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबिचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेकी हुन । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् ।

उनी यही साउन २५ गते स्वदेश फर्किने भएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us