एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन: केपी ओली

काठमाण्डु टुडे २०८१ साउन २० गते १४:३० मा प्रकाशित

काठमाण्डु, २० साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने बताएका छन । आज आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने उनले बताएका छन । ओलीले भने, ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो ।

या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’

कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै उनले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् ।

तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताएका छन । उनले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिए । उनले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us