ओलीलाई नेतृत्वबाट हटाउने खेल सुरु ! एकै ठाउँमा उभिए भण्डारी, पौडेल र रावल

काठमाण्डु टुडे २०८१ साउन २० गते १३:२२ मा प्रकाशित

काठमाण्डु, २० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ प्रप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरीरहेका छन । २०७८ सालमा माधव नेपालले एमाले विभाजन गरेपछि त झन ओलीले एमालेमा एकलैटि गरी रहेका छन । मावध नेपाल, झलनाथ खनाल र वामदेव गौतम एमालेबाट अलग भए पछि त झनै एमाले भनेको ओली र ओली भनकै एमाले जस्तो भएको छ ।

अहिले एमालेमा ओलीको विरोध कसैले गर्ने हिम्मत राख्दैनन् । ओलीले अहिले एक्लै निर्धक्क सँग पार्टी चलाइरहेका छन । चितवनको सौराहमा भएको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओली सँग प्रतिस्पर्धा गरेका एमाले नेता डा. भिम रावललाई एमाले भित्र भुमिका बिहिन बनाइए पछि त झनै ओलीको गितिविधि विरुद्ध चुइक्क बेल्लने नेताहरु छैनन् ।

तर पछिल्लो केहि समय यता पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्या देवि भण्डारीको सक्रियताले भने ओलीको लागी अबको यात्र सहज नहुने सङ्केत गरेको छ । भण्डारी एमालेको सार्वजानिक मञ्च हरुमा सक्रिय बन्न सुरु गरेकी छन । पार्टीका विभिन्न सघं र विभागले पूर्व राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्न थालेका छन ।

भण्डारीको सक्रियताले एमालेमा ओलीको विकल्प खोज्ने नेता हरुभने खुसी हुन थालेका छन । तर एमालेमा ओली पक्षका नेताहरु भने पूर्व राष्ट्रपति भण्डारीको सक्रियताबाट त्यति खुसि छैनन् । त्यसो त यस अधि ओलीले अब अफुले नै २० बर्ष पार्टीको नेतृत्व गर्ने घोषण गरीसकेका छन ।

ओलीले अबको २० बर्ष पार्टीको नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्तालाई समेत आग्रह गरीसकेका छन । ओली त्यस बेला नै भण्डारी एमालेको सक्रिय राजनीतिमा पर्केने कुरालाई अस्विकार गरीसकेका छन । ओलीले भण्डारीलाई पार्टी भित्र पुनः सक्रिय गराउन खोज्नु पार्टी भित्र समस्या ल्याने प्रयास गर्न खोजेको बताएका थिए । एमालेको ११ औँ महाधिवेशन आउन अब लगभग २ बर्ष बाँकि छ । २०७८ मंसिरमा भएको एमालेको १० औँ महाधिवेशनमा नेता भिम रावललाई ठुलो मतान्तले अध्यक्षमा पराजित गरेर ओली एमालेको अध्यक्ष बन्न सफल भएका थिए । त्यस यता नेता रावललाई अध्यक्ष ओलीले निरन्तर भुमिका बिहिन बनाएका छन ।

पार्टी भित्र कर्नरमा परेका नेता रावलसँग पछिल्लो समय विद्याले भने समधुर सम्बन्ध बनाउँदै लगिएको बुझिएको छ । भण्डारीले नेता रावलसँग सम्बन्ध बनाएर ११ औँ महाधिवेशनको लगि तयारी सुरु गरेको एमाले बृतमा चर्चा छ । यो चर्चाले अझै २० बर्ष सक्रिय राजनीतिमा रहिरहने धोषणा गरेका अध्यक्ष ओलीलाई दबाब सिर्जना गर्ने पक्का छ । एमाले र कंग्रेस नेपाली राजनीतिमा लामो इतिहास बेकेका पार्टी हुन । तर यी दुई पार्टीले अहिले सम्म महिला नेतृत्व पाएको छैन । नेपालकै पहिलो महिला  राष्ट्रपति बनेर इतिहास रचेकी भण्डारी ठुलो दलहरु मध्यको एमालेको पहिलो अध्यक्ष बनेर इतिहास रच्ने मोडमा रहेको विश्लेषण हुन थालेको छ ।

भण्डारीले पनि अहिले महिलाको नेतृत्वको जोडतोडले उठाइरहेकी छन । ०७८ मा एमाले विभाजन पछि एमाले भित्र ओलीको नेतृत्वलाई चुनौती दिन सक्ने केही पनि देखीएका छैनन् । यो अवस्थामा भण्डारीलाई राजनीतिमा फर्कन मनोवल बढाउने हरुको जमात एमालेभित्र ठुलो छ । भण्डारीको सङ्केत पनि सकारात्म छ ।

पछिल्लो समय भण्डरीलाई एमालेको आन्तरीक राजनीतिमा भण्डारीलाई सक्रिय बनाउन ओलीका उत्तराधिकारीको रुपमा हेरीएका एमाले उपाध्यक्ष विष्णु पौडेल सक्रिय भएको एमाले बृतमा चर्चा सुरु भएको छ । पौडेल पछिल्लो समय भण्डारीलाई एमालेको नेतृत्वमा ल्यउन सक्रिए भएकै कारण ओलीले पौडलेबीचको दुरी बढको छ ।

यही कारणले ओलीले गत २८ असारमा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा पौडेललाई मन्त्री बनाउन चाहेका थिएनन् । तर पार्टी भित्रको दबाब थोग्न नसकेपछि ओलीले अन्तिम समयमा पौडेललाई मन्त्री बनाउँन बाध्य भए । तर पौडेल प्रति ओली भने सकारात्मक छैनन् । ओलीको अबबो उत्तराधिकारी को बन्ने प्रश्न उठेका बेला भण्डारीको सक्रियताई निकै अर्थपूर्ण रुपमा हेरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us