काठमाण्डु, १६ साउन– गए राति भएको अविरल बर्षाको कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको मूख्यालय डुबानमा परेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी एमाले पार्टी कार्यालयभित्र पसेपछि एमाले मुख्यालय डुबानमा परेको हो ।
वर्षाका कारण काठमाण्डु उपत्यकाका सबैजसो नदीहरूमा पानीको सतह खतराको तह पार गरेको छ । उपत्यकाका धोबीखोला बागमती मनोहरा विष्णुमती लगायत बाढीका कारण नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।
जोखिमयुक्त क्षेत्रहरूमा प्रहरीले मानिस तथा समानको उद्धार गरिरहेको छ ।