भोजपुर, १६ साउन–भोजपुरमा बाढीले बगाएर गएराति दुई जना बेपत्ता भएका छन् ।
साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो ।
बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारू र सोही ठाउँका २६ वर्षीय श्यामकुमार थारूलाई बाढीले बगाएको भोजपुर प्रहरी प्रमुख डिएसपी युवराज तिम्सिनाले बताए । सँगै बाढीले बगाएका २६ वर्षीय रामकिसन थारूको सशुकल उद्धार भएको छ ।
घाइते अवस्थामा उद्धार गरिएका उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । हराएकाहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय दिङला र चौकीडाँडास्थित प्रहरी चौकी र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पबाट उद्धार टोली खटाइएको छ ।