१० वर्ष जेल बसेर छुटेलगत्तै फेरि अर्को हत्या

काठमाण्डु टुडे २०८१ साउन १६ गते ८:०६ मा प्रकाशित

विराटनगर, १६ साउन– मोरङमा जेलबाट छुटेलगत्तै एक जनाले फेरि हत्या गरेका छन् ।

उर्लाबारी– ५ का सुवास तामाङले गएराति आफ्नै घरमा छुरा प्रहार गरी उर्लाबारी–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घटनापछि फरार रहेका तामाङको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तामाङ यसअघि पनि हत्या मुद्दामा १० वर्ष जेल बसेका थिए । सजाय भुक्तान गरी उनी तीन महिनाअघि मात्र रिहा भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

तामाङले ८ असोज २०७१ मा आफ्नै साथी उर्लाबारी–२ का नविन राईको ढुंगाले हानेर हत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us